शनिबार, चैत २८, २०८२

चितवनका भाले गैंडा कोशी टप्पु लगिने

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ। यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो।
 
यसअघि गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका दुई पोथी गैँडालाई कोशीमा स्थानान्तरण गरिएको थियो। वन  मन्त्रालयको निर्णयअनुसार एउटा भाले गैँडा कोशीटप्पु स्थानान्तरण गर्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

National life

उनका अनुसार यसअघि स्थानान्तरण गरिएका पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। निकुञ्जभित्र आन्तरिक स्थानान्तरण भइरहेका बेला कोशीटप्पुमा पनि एउटा गैँडा लैजान लागिएको उनले बताए। उहाँका अनुसार चैतभित्र गैँडा स्थानान्तरण गरिनेछ। 

'भाले गैँडा लगेपछि कोशीटप्पुमा प्रजनन प्रक्रिया सुरु हुन्छ', उनले भने, 'जतिसक्दो छिटो वयस्क भाले गैँडा स्थानान्तरण गर्नेगरी तयारी गरिरहेका छौँ।'

आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो। दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो। सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो। 

हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ। पोथी गैँडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन्।    

kumari

अहिले चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक गैँडा स्थानान्तरण चलिरहेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले निकुञ्जको पश्चिम क्षेत्रका गैँडा पूर्वतर्फ सारिँदै छ। 

हालसम्म तीन वटा गैँडा स्थानान्तरण गरिएको छ  चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालदेखि यता एक सय दुई वटा गैँडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ। यहाँबाट स्थानान्तरण भएका गैँडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी छन्। त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैँडा लगिएको छ। 

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ वटा छन्।

प्रकाशित: Mar 20, 2024| 18:01 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्