शनिबार, चैत २८, २०८२

रुकुमपश्चिममा बढ्यो तरकारीको बीउ उत्पादन

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

त्रिवेणी- पछिल्लो समय रकुमपश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ। किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

National life

जिल्लामा विसं २०३५ देखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो। केही समय उत्पादनमा कमी आएकामा पछिल्लो केही वर्षयता जिल्लामा तरकारीको बीउ उत्पादन गर्ने किसानको सङ्ख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले बताए।

उनका अनुसार मुख्य गरी मुसीकोट नगरपालिका-३ माछमी र १३ नं वडाको सानचौरमा बीउ उत्पादन प्रशस्तै हुने गरेको छ। चौरजहारी नगरपालिका तथा त्रिवेणी र सानीभेरी गाउँपालिकाका केही भू-भागमा पनि उत्पादन हुने गरको निमित्त प्रमुख केसीले जानकारी दिए। यहाँ मुला, प्याज, चम्सुर, काउली, सलगमलगायत ११ किसिमका तरकारीका बीउ उत्पादन हुने गरेको उनको भनाइ छ।

जिल्लामा उत्पादिन बीउ दाङ, पोखरा, काठमाडौंसम्म बिक्री हुने गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा एक सय ११ मेट्रिकटन बीउ जिल्ला बाहिर बिक्री गर्दा यहाँका किसानले सात करोड रूपैयाँ आम्दानी गरेका केसीले जानकारी दिए। चालु आवमा पनि मनग्य उत्पादन भएकाले आम्दानी पनि राम्रो हुने अपेक्षा लिइएको उनले बताए।

जिल्लामा तरकारी बीउ उत्पादनसँगै बजारीकरणको समस्या नभएपनि किसानले भनेजस्तो मूल्य पाउन नसक्नु मुख्य समस्या रहेको निमित्त प्रमुख केसीको भनाइ छ। उक्त समस्या समाधानका लागि कृषि विकास कार्यालयले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने योजना बनाइरहेको उनले बताए।

kumari

यहाँ बीउ उत्पादन वृद्धि भए पनि राम्रो मूल्य पाउन नसकेको मुसीकोट-३ का मुला बीउ उत्पादक नन्दराम केसीले बताए। कृषकलाई प्रोत्साहन गर्न सरकारले चासो नदेखाएको गुनासो गर्दै प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने, बजारीकरणको व्यवस्थापन गर्नुपर्ने बताए।

'किसानले उत्पादन गरेको बीउको मूल्य बढ्ने र बजारीकरणको राम्रो व्यवस्था भए काम गर्न कुनै समस्या थिएन', कृषक केसीले भने। स्थानीय सरकारले किसानका लागि कृषि अनुदानको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। रासस

प्रकाशित: Mar 21, 2024| 07:01 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्