बिहीबार, भदौ ११, २०८३

प्रि-मनसुन झरीले रुझ्यो काठमाडौं, देशैभर बदली

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

प्रि-मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकामा झरी परेको छ। बिहानदेखि नै परेको पानीले जनजीवन प्रभावित भएको छ।

कार्यालय समयमा वर्षा भएका कारण ट्राफिक जाम पनि बढेको छ। अन्य समयमा भन्दा पानी परेको बेला ट्राफिक बढी अस्तव्यस्त हुने गर्छ।

हाल कोशी, मधेश, बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।  

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Mar 20, 2024| 10:31 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्