बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्। मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका-१ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन्। 

बमबहादुरले छोरालाई पनि आक्रमण गर्न खोजेको र छोराले भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए। गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएपछि पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएकोमा अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।
 

प्रकाशित: Mar 20, 2024| 09:04 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्