मंगलबार, असार ९, २०८३

पर्यटक बढाउन पोखराका होटलमा छुट

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

गण्डकी- होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी बैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।

National life

महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको संघका अध्यक्ष एवं मुल संयोजक सुवेदीले जानकारी दिए।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए। उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ।

संघका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ। महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको संघले जनाएको छ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो। पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ।

Shivam cement

प्रकाशित: Mar 20, 2024| 08:01 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्