शनिबार, चैत २८, २०८२

सुर्किमारेमा घरघरै स्वच्छ खानेपानी

 |  बुधबार, चैत ७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत ७, २०८०

त्रिवेणी- केही वर्षअघिसम्म घण्टौँ हिँडेर पानीको जोहो गर्नुपर्ने बाध्यता रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ सुर्किमारेका स्थानीयलाई थियो। उच्च भू-भागमा घर भएकाले पनि पानीको मुहान भेट्टाउन हिँडेर दुई घण्टा समय लाग्ने गर्थ्यो।

National life

अहिले भने सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै स्वच्छ खानेपानी पुग्दा खुसी लागेको स्थानीय भीमबहादुर ओलीले बताए। 'पहिले पानीका लागि धेरै समय खर्चिनुपर्, करिब दुई घण्टाको पैदल हिँडेर पानीको जोहो गर्ने गरेका थियौँ, अहिले घरघरै पानीको धारा पुगेको छ', उनले भने।

सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत लिफ्ट प्रविधिमार्फत चार सय ५० मिटर तलदेखि उक्त टोलमा पानी पुर्‍याइएको छ। सुर्किमारेमा लिफ्ट प्राविधिमार्फत पानी पुर्‍याइए पनि ‘एक घर, एक धारा’ नहुञ्जेल स्थानीयले सहज तरिकाकाले पानी प्रयोग गर्न पाएका थिएनन्।

यसै चैतदेखि भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट घरघरै पानीको धारा निर्माण गरी पानी सञ्चालनमा आएपछि भने सहज भएको स्थानीय लक्ष्मी खड्का ओलीले बताइन्।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरर्गत सुर्किमारेमा ५४ घरधुरीमा धारा निर्माण गरी स्थानीयले स्वच्छ पानी प्रयोग गर्न थालिसकेको निर्माण उपभोक्ता समितिका सचिव रामलाल शर्माले जानकरी दिइन्। उनका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको १५ लाख रूपैयाँ बजेट खर्चेर धारा निर्माण गरिएको हो। 

kumari

जनश्रमदानसहित कुल १७ लाख ३९ हजार नौ सय ३४ रूपैयाँ रकम खर्च भएको छ। यस आयोजनामा स्थानीयले पाँच/पाँच दिन जनश्रमदान गरेका थिए। करिब २२ घनमिटरको ट्यांकी निर्माण, पक्की धारा निर्माण, पाइप र मिटर खरिदमा उक्त रकम खर्च भएको समितिका सचिव शर्माले जानकारी दिए।

केही वर्षभित्र घरघरै पानीका धारा पुर्‍याउने योजना वडा कार्यालयले बनाएको छ।

प्रकाशित: Mar 20, 2024| 06:01 बुधबार, चैत ७, २०८०
प्रतिक्रिया दिनुहोस्