शनिबार, चैत २८, २०८२

मनहरीमा २४ करोडको मोटरेबल पुल बन्ने

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

मनहरी- मकवानपुरको मनहरी गाउँपालिका-९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यास गरिएको छ। आज एक समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुलको शिलान्यास गरेका हुन्।

National life

प्रदेश सरकारले विनियोजन गरेको बजेटअन्तर्गत मनहरी गाउँपालिका-९ र ५ जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको हो। लामो समयदेखि बन्न नसकेको यो पुल निर्माणमा प्रदेश सरकारले पहल गर्दै आएको थियो।

प्रदेश सरकार गठन भएलगत्तै निर्माणको योजना अघि बढाए पनि विस्तृत परियोजना प्रस्ताव (डीपीआर), निकुञ्जलगायत समस्याका कारण काम अघि बढ्न सकेको थिएन। 

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री कुमारी मोक्तान, मकवानपुर क्षेत्र नं २ (ख) का प्रदेश सांसद इन्द्रबहादुर बानियाँ र मनहरी गाउँपालिकाको पहलमा पुल निर्माणका लागि बजेट सुनिश्चितता भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए। नागरिकको गुनासो र दबाब तथा सरोकारवालाको पहलका बीच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए।

पूर्वाधार विकास कार्यालय चितवनमार्फत कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि प्रदेश सरकारले २४ करोड सात लाख ९१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको छ। निर्माण कम्पनी बीटी/आरएस जेभीले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र चौधरीले बताए।

kumari

शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, प्रदेश सांसद एकलाल श्रेष्ठ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायत उपस्थित थिए।

प्रकाशित: Mar 19, 2024| 18:01 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्