शनिबार, चैत २८, २०८२

वर्षौंपछि समातिए दुई हत्या अभियुक्त

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

काठमाडौं- साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरेको हो।

National life

२०५९ असोज १४ गते सञ्जय शाहीको हत्या गरी फरार रहेका सोलुखुम्बुका तिखे भनिने तेजबहादुर राई समातिएका हुन्। काठमाडौंको मरुढोका, इनाटोलस्थित वधशालाभित्र शाहीको हत्या भएको थियो। फलामको रडले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्यापश्चात् शव विष्णुमती खोला किनारमा फालेर फरार रहेका राईलाई यही चैत ५ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयका डीएसपी सुरक्षा केसीले जानकारी दिइन्।

यसैगरी प्रहरीले मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्याका योजनाकार सोभिता थापालाई १६ वर्षपछि पक्राउ गरेको छ। प्राध्यापक विष्टले जिस्क्याउने गरेको भन्दै सोभिताका भाइ विनोद थापासहितको समूहले उनीमाथि निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा ०६४ असार २६ गते ललितपुरको शंखमूलमा फेला परेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

सविता थापा (अधिकारी) भनिने सोभिताको योजनामा कुटपिट गरिएको थियो। सोही घटनामा विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए।

प्रकाशित: Mar 19, 2024| 15:18 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्