बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • महरालाई चार दिन हिरासतमा राख्न अनुमति, नर्भिक अस्पतालमा बस्ने

महरालाई चार दिन हिरासतमा राख्न अनुमति, नर्भिक अस्पतालमा बस्ने

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौ- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

आज कपिलवस्तुबाट पक्राउ परेका महरालाई आजै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो। अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। हिरासतमा राख्न अनुमति दिएको अदालतले महरा बिरामी रहेको भन्दै अस्पताल भर्ना गर्नसमेत भनेको छ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिनेछ।

प्रकाशित: Mar 18, 2024| 18:59 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्