शनिबार, चैत २८, २०८२

दाङमा जिप पल्टिँदा एक जनाको मृत्यु

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

दाङ- पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।

National life

बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११:३० बजे मृत्यु भएको हो। त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर पल्टिँदा सात जना घाइते भएका थिए। 

अन्य घाइते हुनेमा बबई–१ निवासी ५० वर्षका जोगबहादुर बुढा, १७ वर्षकी तारा सारु मगर, ३२ वर्षका सङ्गीता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका–९ निवासी ५० वर्षकी नन्दकली थापा छन्। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 18, 2024| 16:23 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्