शनिबार, चैत २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गोकुल बाँस्कोटाको ७० करोडवाला अडियो रामहरि खतिवडाले दिएका थिए पत्रकारलाई

गोकुल बाँस्कोटाको ७० करोडवाला अडियो रामहरि खतिवडाले दिएका थिए पत्रकारलाई

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तत्कालीन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भएको ७० करोड रुपैयाँ घूससम्बन्धी फोन वार्ताको अडियो टेप आफूले नै मिडियालाई दिएको खुलासा गरेका छन्। सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो खुलासा गरेका हुन्।

National life

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले अडियो काण्ड बाहिरिएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग उल्लेख गर्दै सांसद खतिवडाले अहिलेका गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि यसबारे प्रधानमन्त्रीको धारणा जान्न चाहेको बताए। उनले भने, ‘गल्ती गरेको छ भने पक्राउ पर्दा म खुसी हुने मान्छे हो। गल्ती गरेको छ भने सानो–ठूलो जोसुकै भए पनि पक्राउ पर्नुपर्छ। सुन काण्डसँग सम्बन्धित प्रतिवेदन आएको छ। सिआइबीले पनि केही नाम उल्लेख गरेको छ। पैसा माग्यो भनेका छन्। गोकुल बाँस्कोटाको तत्कालीन अवस्थाको टेप मैले कुनै पत्रकारलाई दिएको थिएँ। आज खुलस्त पार्न चाहन्छु।’ 

प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले आफैं कसरी यो विषयमा निष्पक्ष अनुसन्धान गर्न सक्छन् भन्दै प्रश्न गरेका छन्।

नयाँ सत्ता समीकरण बनेपछि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी मुद्दामा मुछिएको भन्दै संसद‍्‍मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ।

प्रकाशित: Mar 18, 2024| 16:16 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्