शनिबार, चैत २८, २०८२

सम्बन्धविच्छेदका घटनामा कमी आएन

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

त्रिवेणी- जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८०-८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फछर्यौट गरेको जनाएको छ। गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फछर्यौट गरेको जनाएको हो। 

National life

जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका एक सय ६६ र चालु आवमा नयाँ दर्ता भएका तीन सय नौ गरेर हालसम्म चार सय ७५ मुद्दा जिल्ला अदालत दर्ता भएका छन्। दर्ता भएकामध्ये हालसम्म दुई सय दुई मुद्दा मात्र फछर्यौट भएका उनले जानकारी दिए।

स्रेस्तेदार शाहीका अनुसार वार्षिक फछर्यौटको लक्ष्य पाँच सय ५० राखिएको छ। फागुनसम्म लक्ष्यको ३७ दशमलव चार प्रतिशत मुद्दा फछर्यौट भएको भन्दै लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फछर्यौट भएको उनले जानकारी दिएका छन्। उनका अनुसार अब दुई सय ७३ मुद्दा फछर्यौट हुन बाँकी छन्।

जिल्लामा कर्तव्य ज्यानसम्बन्धी, सम्बन्धविच्छेद, बालविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेका स्रेस्तेदार शाहीले जानकारी दिए। 

‘अदालतमा दर्ता भएका मुद्दामध्ये ३७ प्रतिशत भन्दाबढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्’, उनले भने ‘आर्थिक अभावले विदेशिनु, सानै उमेरमा पढाइ छोड्नु, बालविवाह गर्नुलगायत कारणले सम्बन्धविच्छेदका घटनामा कमी आउन सकेको छैन। करिब २० प्रतिशत घरेलु हिंसाका कारण सम्बन्धविच्छेद हुने गरेको छ।’

kumari

सम्बन्धविच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केहीमा नसकिएको जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए। सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिललाई विद्युतीय माध्यमबाट संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालनमा ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको उनले जानकारी दिए। 

प्रकाशित: Mar 18, 2024| 17:30 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्