बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट बन्दुकसहित पक्राउ

दुर्गा प्रसाईंका बडीगार्ड सर्वोच्च अदालत परिसरबाट बन्दुकसहित पक्राउ

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडीगार्ड सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल छन्। उनीहरू आज बिहान पौने ११ बजे समातिएका हुन्। दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका क्रममा उनीहरु हतियारसहित सर्वोच्च अदालत प्रवेश गर्न लागेका थिए।

सर्वोच्च अदालतको मूल गेटमा रहेका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो। कालो र‌ंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर र १०० राउण्ड गोली बरामद भएको थियो।

उनीहरुले बोकेको हतियार अवैध भने होइन। जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त हतियार हो। व्यवसायी प्रसाईंको आफ्नै सुरक्षा टोली छ, जो हतियारसहित हुन्छन्।

प्रकाशित: Mar 18, 2024| 15:51 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्