शनिबार, चैत २८, २०८२

बागलुङका पर्यटकीय गन्तव्यको जानकारी क्युआरबाट

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

गलकोट- बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ मार्फत दिन थालेको छ। नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो।

National life

नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ। उक्त क्युआर कोड पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने उनको भनाइ छ।

'थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिकाभित्र छन्। जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ गन्तव्यको विषयमा जानकारी दिन डिजिटल माध्यमबाट व्यवस्था मिलाएका छौँ', उपप्रमुख खड्काले भने, 'घुम्न आएका पर्यटकहरु उक्त गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्दर्भमा तत्कालीन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरी जानकारी लिन सक्नेछन्।'

यस कार्यले धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुने उनको भनाइ छ। ती धार्मिक स्थलमा पुग्नुभन्दा पहिला ती स्थानको नक्सा र अन्य विवरण घरबाटै जानकारी लिन सक्ने खड्काले बताए।

नगरपालिकाले पर्यटन शीर्षकमा विनियोजन गरेको तीन लाख रूपैयाँ बजेटमध्ये सारङ्ग डट कमको सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो। नगरपालिकाले आगामी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउँदै लैजाने जनाएको छ।

kumari

उक्त कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ। अङ्ग्रेजीमासमेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकलाई समेत सहज हुने नगरप्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार नगरपालिकाले कालिका मन्दिरमा क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालेको छ।

'हरेक कुरा डिजिटल बन्न आवश्यक छ, पर्यटकीय स्थलमा किन आउने भन्ने जानकारी पर्यटकलाई समेत हुन आवश्यक छ। उक्त क्यूआर स्क्यान प्रत्येक होटल तथा पर्यटन व्यवसायीले राख्नुपर्ने व्यवस्था गरेका छौँ', नगरप्रमुख श्रेष्ठले भने, 'पर्यटकले महत्वका आधारमा आफै अध्ययन गरेर भ्रमणमा जान सक्नेछन्।'

नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यमा कालिका मन्दिर, बागलुङ-६ स्थित सर्वसिद्धिधाम पञ्चकोट, मालिका, बागलुङ-८ सिँगानाको कोत घर, बागलुङ-११ को रायडाँडाको बौद्ध गुम्बा, पर्यटकीय गाउँ भुकुण्डेको बराह ताल, कुडुँलेको शालग्राम सङ्ग्रहालय, बलेवा भैरवस्थान मन्दिर, मालढुंगाको कृष्ण गण्डकी परियोजना, उपल्लाचौरको गौरिधाम शिव मन्दिर र  तित्याङको मनकामना मन्दिरको जानकारी डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।

प्रकाशित: Mar 18, 2024| 22:00 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्