शनिबार, चैत २८, २०८२

छोरा समातिएको सात महिनापछि हिरासत यात्रामा कृष्णबहादुर महरा

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- छोरा राहुल पक्राउ परेको झन्डै ७ महिनापछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। बाबुछोरा एउटै घटनामा पक्राउ परेका हुन्।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुखसमेत रहेका महरालाई सोमबार पक्राउ गरेको हो।

महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई काठमाडौं ल्याएर सिधै सीआईबी लगिएको छ। आजै उनलाई हिरासतमा राख्ने अनुमति लिनका लागि अदालत पेश गर्ने तयारी छ। अदालतको अनुमतिसँगै उनी केही दिन प्रहरी हिरासतमा रहनेछन्।

यो उनको दोस्रो हिरासत यात्रा हो। यसअघि उनी जबरजस्ती करणी मुद्दामा १३३ दिन थुनामा बसेका थिए। सभामुख रहेकै बेला उनी पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा गएका महरालाई जिल्ला अदालतले सफाइ दिएको थियो।

अहिले भने सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले उनलाई कारबाही सिफारिस गरेको थियो। लगत्तै उपप्रधान गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न नेपाल प्रहरीको सीआईबीलाई निर्देशन दिएका थिए।

kumari

महराका छोरा राहुल गत भदौ १३ गतेदेखि हिरासतमै छन्। इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुन छुटाउन महरा बाबुछोराले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएको थियो।

सुन तस्करी जाँचबुझ गर्न गठित आयोगले कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्।

माओवादीकै पूर्वनेता टोपबहादुर रायमाझीका बाबुछोरा पनि हिरासतमै छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा टोबहादुर र उनका छोरा सन्दीप पक्राउ परेका हुन्।

 

प्रकाशित: Mar 18, 2024| 12:23 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्