शनिबार, चैत २८, २०८२

रुकुमपश्चिमका दुई हजार १६७ भूमिहीनलाई निस्सा वितरण

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

त्रिवेणी- रुकुमपश्चिमका दुई हजार एकसय ६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ। जिल्लाका ६ मध्ये ५ स्थानीय तहका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो।

National life

जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा एक सय आठ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमी आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए।

उनका अनुसार चौरजहारी नगरपालिकामा चार सय ९६ तथा सानीभेरीमा तीन सय २४ र बाँफीकोट गाउँपालिकामा एक सय ९६ लाई निस्सा वितरण गरिएको छ। मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए। 

जिल्लाका सबै स्थानीय तहको लगत संकलन भइ डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए। उनका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई सात दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ। 

त्यस्तै वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ। जिल्ल्लामा अब भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नापजाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताए।

kumari

भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उनको भनाइ छ। रासस

प्रकाशित: Mar 17, 2024| 17:31 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्