काठमाडौं- यही फागुन २४ गते बिहीबार दिउँसो साढे ४ बजेतिर गोकर्णेश्वर नगरपालिका-३ तारेभीर स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई हात बाहिर देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा एक शव भेटिएको भनेर प्रहरीकहाँ खबर पुग्यो।
तत्काल घटनास्थल पुगेको प्रहरीले शव उत्खनन् गर्यो। शवको पहिचान पनि भयो। गोकर्णेश्वर-३ घर भई सोही ठाउँ बस्ने १८ वर्षकी सुष्मा लामाको शव थियो त्यो। केही दिनअघि हत्या गरेर पुरिएको थियो उनको शव।
प्रहरी वृत्त बौद्धले 'अपरेशन तारेभिर' नाम दिएर घटनाको अनुसन्धान अघि बढायो। शव फेला परेको एक सातापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा निम्न तथ्यहरु फेला परेको जानकारी दिएको छ।
प्रहरीले पत्ता लगाएका तथ्यहरु