आइतबार, वैशाख १३, २०८३

शहनाज र मञ्जुको संयोग- उही पद, एउटै कारणले एकै उमेरमा निधन

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- गत वर्ष फागुन १३ गते समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि जनता समाजवादी पार्टी (जसपा) ले मञ्जु शर्मा अन्सारीलाई सांसद सिफारिस गर्‍यो। निर्वाचन आयोगबाट उनी गत साल चैत १९ गते प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन्।

National life

सांसद बनेको एक वर्ष नपुग्दै मञ्जुको पनि निधन भएको छ। शहनाजको निधन भक्तपुरको घ्याम्पे डाँडामा वनभोज गएका बेला हृदयाघात भएर भएको थियो। मञ्जुको निधन पनि आइतबार हृदयाघातबाटै भएको छ।

उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो। शहनाजलाई पनि हृदयाघात भएपछि मध्यपुर ठिमी अस्पताल पुर्‍याइएको थियो। लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

शहनाजको निधन ६२ वर्षको उमेरमा भएको थियो भने मञ्जु पनि सोही उमेरकी थिइन्।

प्रकाशित: Mar 17, 2024| 12:48 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्