बिहीबार, भदौ ११, २०८३

जसपा सांसद अन्सारीको हृदयाघातबाट निधन

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको हृदयाघातबाट आइतबार निधन भएको छ। उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन्। जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन्।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्। 

प्रकाशित: Mar 17, 2024| 12:09 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्