आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सचिव र सुरक्षा प्रमुखहरुलाई मन्त्री लामिछानेको निर्देशन- सुन तस्करीमा संलग्न कसैलाई नछोड्नु

सचिव र सुरक्षा प्रमुखहरुलाई मन्त्री लामिछानेको निर्देशन- सुन तस्करीमा संलग्न कसैलाई नछोड्नु

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 

National life

गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशन दिएका हुन्।

गृह मन्त्रालयमा केही समय अघि भएको बैठकमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको बताइएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित: Mar 17, 2024| 12:02 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्