आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नयाँ मन्त्रीहरुलाई मेयर बालेनको कटाक्ष- गोजी भरेर निस्किनुपर्ने छ रे

नयाँ मन्त्रीहरुलाई मेयर बालेनको कटाक्ष- गोजी भरेर निस्किनुपर्ने छ रे

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू वर्तमान सरकारप्रति आशावादी रहेको बताएका छन्। शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले बाहिर विभिन्न हल्ला हुने गरेको उल्लेख गरेका छन्।

National life

उनले नयाँ मन्त्रीहरूले सबै पुराना फाइल खोल्दै गरेको आफूले सुनेको भन्दै कटाक्ष पनि गरेका छन्। आफूले सुनेको हल्ला गलत होस् भन्ने कामना पनि गरेका छन्।

उनले भनेका छन्
नयाँ मन्त्रीज्यूहरूले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे, टाइम कम छ, हिसाबकिताब गरेर, गोजी भरेर निस्किनुपर्ने छ रे ! सरकार जति दिन टिक्छ !!, स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाइ डाक्टरसाबको कुरा ! मैले सुनेको कुरा गलत होस् ! म आशावादी छु सरकारप्रति !

प्रकाशित: Mar 16, 2024| 21:15 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्