बिहीबार, भदौ ११, २०८३

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

टक्सार (भोजपुर)- भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

हतुवागढी गाउँपालिका  वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए।

प्रकाशित: Mar 16, 2024| 20:51 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्