बिहीबार, भदौ ११, २०८३

रामेछाप आगलागीमा करोडौंको क्षति

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

मन्थली (रामेछाप)- जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको अगालागीबाट रु एक करोड ८६ लाख ३१ बरावरको क्षति भएको छ। आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरुपमा क्षति भएको थियो। 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुुुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो। आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ। बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो।
 

प्रकाशित: Mar 16, 2024| 17:40 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्