बिहीबार, भदौ ११, २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

 |  शनिबार, चैत ३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३, २०८०

काठमाडौं- देशको पहाडी भू–भागमा आज  मौसम आंशिक बदली रहने छ। अन्य भू–भागमा भने मौसम सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ। आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ। 

महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ। सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ। मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ। 

प्रकाशित: Mar 16, 2024| 09:32 शनिबार, चैत ३, २०८०
प्रतिक्रिया दिनुहोस्