शनिबार, चैत २८, २०८२

एक हप्तामा ट्राफिक नियम उल्लंघनका १७ हजार घटना

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा ट्राफिक नियम उल्लंघनका १७ हजार घटना दर्ता भएको जनाएको छ। 

National life

कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिए।

'ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ। सवारी चलाउँदा कहिल्यै पनि प्रतिष्पर्धाको भावनाबाट चलाउनुहुँदैन। सडक अनुशासन पालना गरौँ' उनले भने। 

ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको उनले बताए। सबैभन्दा बढी कारबाही तीव्रगतीमा सवारी साधन चलाउँदा भएको देखिन्छ।

एक हप्तामा तीव्रगतीमा सवारी साधन चलाउने दुई हजार सात सय ५८ चालक कारबाहीमा परेका छन्। कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लेन अनुशान उल्लंघनमा सात सय ६६, मादक पदार्थ सेवन गरेका छ सय ४०, रेडलाइट नियम पालना नगरेका पाँच सय ८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ।

kumari

त्यसैगरी काठमाडौं जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन्। जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। ती दुर्घटनामा साधारण घाइतेको सङ्ख्या भने एक सय चार छ। 

ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार सात सय ५९ जनाले सचेतना कक्षा लिएका छन्।

प्रकाशित: Mar 15, 2024| 21:41 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्