बिहीबार, भदौ ११, २०८३

विवेकशील साझा पार्टीका अध्यक्षसहित ९ जना प्रहरी नियन्त्रणमा

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन्।

 माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा आज प्रदर्शन गर्न पुगेका नौजनालाई  नियन्त्रणमा लिइएको छ।’

प्रकाशित: Mar 15, 2024| 21:03 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्