शनिबार, चैत २८, २०८२

कर्मचारीलाई गोली हानेर रौतहटमा बैंक लुटपाट

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

रौतहटमा बैंक लुटपाट भएको छ। भारतीय सीमासँग जोडिएको परोहा नगरपालिका-९ खापचोकस्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो।

National life

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीन जना लुटेराले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेको बताइएको छ। त्यसक्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर लुटेराले गोली प्रहार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। लुटपाटमा संलग्न पनि पक्राउ परेका बताइएको छ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

प्रकाशित: Mar 15, 2024| 14:43 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्