बिहीबार, भदौ ११, २०८३

अमिताभ बच्चन अस्पताल भर्ना

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

नयाँ दिल्ली- बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। उनलाई शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो।

८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ। अमिताभको काँधमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था स्थिर रहेको बताइएको छ।

हालैका दिनमा अमिताभ स्वास्थ्यका कारण चर्चामा छन्। केही दिनअघि उनको खुट्टामा चोट लागेको थियो।

अमिताभले सामाजिक सञ्जाल एक्समा रहेको आफ्नो ह्यान्डलबाट एउटा ट्विट गरेका छन्। यसमा लेखिएको छ, ‘तपाईं सबैलाई धेरै धन्यवाद।’ उनले यो पोष्ट शल्यक्रियापछि शुभचिन्तकहरूलाई आभार गर्दै गरेको अनुमान गरिएको छ।

 

प्रकाशित: Mar 15, 2024| 14:29 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्