बुधबार, असार १०, २०८३

मह बिक्री नहुँदा मौरीपालक किसान विस्थापित हुँदै

 |  शुक्रबार, चैत २, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २, २०८०

चितवन- चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन्। मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन्। 

National life

नेपाल मौरीपालक महासंघ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान हुनुपर्ने माग राखेर महासंघले सरकारको ध्यानाकर्षण गराएको हो। 

नेपाली महभन्दा आयातीत मह सस्तो भएकाले विदेशबाट आयात गरिने महमा ६० प्रतिशतभन्दा बढी भन्सार शुल्क बढाउन तथा स्थानीयरुपमा उत्पादन भइरहको मह उत्पादन लागत घटाउन पहल गरिनुपर्ने, स्थानीयरुपमा उत्पादित मह घरमै थन्किएको तथा महको आयात बढ्दै गएकाले यसलाई रोकेर नेपाली उत्पादनको खपत बढाउन वातावरण तयार गरिदिन सरकारसँग महासंघले माग गरेको छ।

महासंघका जिल्ला शाखा अध्यक्ष दुर्गालाल तामाङका अनुसार नेपालमा हाल वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ भने खपत नौ हजार मेट्रिक टन भइरहेको छ।

Shivam cement

नेपालमा हाल १३ हजार ८ सय किसान यस पेसामा आबद्ध छन्। उनीहरुसँग १ लाख २० हजार गोला मेलीफेरा र १ लाख ७० हजार सेराना मौरीका गोला रहेको तथ्यांक छ।

किसानको समस्या समाधानका लागि लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउँदै आयातित मह प्रतिबन्ध गरिनुपर्नेलगायत ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले किसानका समस्या समाधानका लागि सरकारको ध्यान केन्द्रित हुने बताए। रासस

प्रकाशित: Mar 15, 2024| 09:31 शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्