बिहीबार, चैत २६, २०८२

कान्ति लोकपथ वैशाख १५ सम्म बन्द

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

मकवानपुर- काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

National life

उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि विसं २०८१ बैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

उनका अनुसार काठमाडौं कान्ति लोकपथ हुँदै आउने सवारीसाधनलाई काठमाडौंको थानकोट, मकवानपुरको चित्लाङ हुँदै हेटौँडातर्फ आवतजावत गर्न अनुमति प्रदान गरिएको छ।

उक्त सडकमा हल्का सवारीसाधन दैनिक दुई हजारभन्दा बढी आवतजावत गर्ने गरेको भीमफेदी इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: Mar 14, 2024| 21:31 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्