बिहीबार, भदौ ११, २०८३

गुल्मीमा १५ सयभन्दा बढी परिवारलाई निस्सा वितरण

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

तम्घास- गुल्मीमा एक हजार पाँच सयभन्दा बढी परिवारलाई निस्सा वितरण गरिएको छ। जग्गाधनी पुर्जाका लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार छ सय ३० परिवारलाई निस्सा वितरण गरिएको हो।

मुसिकोट नगरपालिकाका दुई सय ८०, कालीगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ। रुरु क्षेत्रका दुई सय ३०, छत्रकोटका एक सय ४३, गुल्मी दरबारका ३३, धुर्कोटका तीन सय ४८, इस्माका दुई सय २३, मालिकाका दुई सय ४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए।

आयोगले दिएको जानकारीअनुसार जिल्लाको रेसुंगा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन। निस्सा वितरणका लागि सम्बन्धित पालिकाले विभिन्न निर्णय गर्नुपर्नेमा रेसुंगाले उक्त निर्णय नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राममल्ल ठकुरीले बताए। निस्सा वितरणमा ढिलाइ हुँदा जग्गाधनी पुर्जा वितरणमा समेत ढिलाइ हुने ठकुरीले बताए।

आयोगले हालसम्म पत्रकार सम्मेलन, राजनीतिक दलहरूसँग सर्वदलीय बैठक, विभिन्न अभिमुखीकरणलगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ। आयोगले रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्यसमेत सम्पन्न गरेको छ। आयोगले विभिन्न मापदण्डका आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ।

गुल्मीमा कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन्।

प्रकाशित: Mar 14, 2024| 21:11 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्