बिहीबार, चैत २६, २०८२

हमास आक्रमणमा मारिएका नेपालीका परिवारलाई आजीवन भत्ता

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

National life
kumari

काठमाडौं- इजरायलमा गत अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीहरुको परिवारले इजरायल सरकारबाट आजीवन भत्ता पाउने भएका छन्। 

विद्रोही हमासको आक्रमणबाट इजरायलमा कृषि पढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो। मृत्यु हुनेहहरुमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी छन्। उनीहरुको परिवारले आजीवन भत्ता पाउनेछन्।

यसैगरी हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारले निर्णय गरेको छ।

प्रकाशित: Mar 14, 2024| 19:22 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्