बिहीबार, भदौ ११, २०८३

रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

काठमाडौं- रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी मृत्युको खबर सार्वजनिक गरेको हो।

उनीहरु युक्रेनसँगको युद्धमा मारिएका हुन्। मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन्।

सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो। योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ।

प्रकाशित: Mar 14, 2024| 19:05 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्