बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उदयपुर जिप दुर्घटना: मृतकको संख्या सात पुग्यो, चालकको मात्र खुल्यो पहिचान

उदयपुर जिप दुर्घटना: मृतकको संख्या सात पुग्यो, चालकको मात्र खुल्यो पहिचान

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ मा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित सात जनाको मृत्यु भएको हो। मृतकमध्ये चालक मानबहादुर बस्नेतको मात्र पहिचान खुलेको छ। अरु यात्रुको सनाखत हुन सकेको छैन।

बिहीबार बिहान करिब साढे १० बजेतिर उदयपुरको बेलका ७ बाट भोजपुर जोड्ने चुहार पुल पुग्नुअघिको कच्ची सडकमा जिप दुर्घटना भएको हो। जिप सडकबाट खोँचमा खसेको थियो। यात्रुहरूलाई भिरबाट उद्धार गरिएको छ।

दुर्घटनामा घाइते भएका सात जनालाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। धेरैजसो यात्रु भोजपुरको आमचोक गाउँपालिकाका बासिन्दा रहेको बताइएको छ। जिपमा एकै घरका चार जनासहित १४ जना यात्रु रहेको स्थानीयले बताएका छन्।

प्रकाशित: Mar 14, 2024| 14:59 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्