बिहीबार, भदौ ११, २०८३

कारले ठक्कर दिँदा कुवेतमा तीन नेपालीको मृत्यु

 |  बिहीबार, चैत १, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १, २०८०

काठमाडौं- कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा आछाम लयती पन्चदेवल विनायक-५ का सुरतबहादुर कठायत, सानो भर्‍याङ, काठमाडौँ नागार्जून-२ का सुजन कार्की र धनुषा वेंगादवार-३ का धिरज गुर्मछान मगर रहेका छन्।

मृतकहरू एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ। उनीहरू त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए।

उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: Mar 14, 2024| 11:43 बिहीबार, चैत १, २०८०
प्रतिक्रिया दिनुहोस्