बिहीबार, चैत २६, २०८२

दुई वर्षदेखि अन्धकारमा मामाङ्खे गाउँ

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

फुङ्लिङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिका-५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ। विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन्।

National life

विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजंगा-६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताए।

विद्यतगृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो। उनका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन्। केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले बताए।

गत २०७९ साल असार २ गते रात अविरल वर्षासँगै गएको पहिराले विद्युतगृह बगाएको सिरिजंगा -६ मामाङ्खेका वडाध्यक्ष शुक्रराज माबोले बताए। उनका अनुसार खाकसेवा खोलाबाट ७५ किलोवाटको लघु जलविद्युत् आयोजनाले सिरिजंगा-५ पेदाङ र ६ मामाङ्खे गाउँमा छ सय घरले उपभोग गर्दै आएको थियो। पहिराले लघु जलविद्युतगृह बगाएसँगै अन्धकारमा बस्न बाध्य भएको खाकसेक्वा खोला लुघजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताए। सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरूपमा विस्थपित हुन पुगेका थिए।

पहिराले विद्युतगृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेको मामाङ्खेका स्थानीय सिङ्गवीर लिम्बूले बताए। गाउँमा आपतविपत् पर्दा र मानिस  बिरामी पर्दा बिजुली बत्तीको अभावले  बढी समस्या हुने गरेको उनको भनाइ छ। मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तसँग सञ्चार सम्पर्क गर्न समस्या हुँदै आएको मामाङ्खेका सुने लिम्बूले बताए। लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयवासीको गुनासो छ।

kumari

विवाहलगायतका सार्वजनिक कार्यमा बिजुली बत्ती नभएपछि जेनेटरको प्रयोग गरेर काम चलाउँदै आएको स्थानीय हर्क माबोले बताए। जेनेटर प्रयोग गरी बत्ती बाल्दा धेरै खर्चीलो हुने गरको स्थानीयको भनाइ छ।

विद्युतगृह राख्ने ठाउँ नै नरहने गरी पहिरोले बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युतगृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघुजलविद्युत् उपभोक्ता समितिका अध्यक्ष माबो बताउँछन्। माबोले भने, 'हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्वेक्षण गर्यौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाले। गाउँपालिकाले उपलब्ध गराएको बजेटले नपुग्ने भएपछि त्यत्तिकै छाड्यौँ। अन्य ठाउँबाट विद्युत् निकालौँ भने खोला छैन।'

वडाध्यक्ष माबोका अनुसार मामाङ्खे गाउँमा विद्युत् प्रविधिक बोलाएर विद्युत् निकाल्न सर्भे गरे पनि सर्भेबाट दुई करोड रूपैयाँभन्दा बढी खर्च लाग्ने भएपछि प्रत्येक घरपरिवारबाट संकलन गर्दा पनि नपुग्ने भएपछि विद्युतगृह बनाउनबाट पछि सरेको हो। विद्युतगृह पुनःनिर्माण गर्न ठूलो बजेट लाग्ने भएपछि प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको वडाध्यक्ष माबोले बताए।
 
पहिराले बगाएको विद्युतगृह पुनःनिर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत् लाइन जोड्ने पेदाङवासीले योजना बनाएको  खाकसेक्वा खोला लघुजलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताए।

'खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न धेरै खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ', उनले भने, 'राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि पोल गाड्ने, तार तान्ने काम हुन लागेको छ। छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ।'

पहिराले बगाएको विद्युतगृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजंगा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए। रासस

प्रकाशित: Mar 13, 2024| 19:31 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्