बिहीबार, चैत २६, २०८२

दुई करोड ५० लाख खर्चिएर ठमेलका सडक कालोपत्रे

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई करोड ५० लाख रूपैयाँ लागतमा ठमेल क्षेत्रभित्रको सडक कालोपत्र गरेको छ।

National life

महानगरपालिको सहयोगमा कामपा-२६ ले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग र भगवती मार्गका सडक कालोपत्र गरेको हो। मुलुकको संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका सडक कालोपत्र भएसँगै वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई समेत हिँड्डुलमा सहज भएको छ।

वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम सुरु गरेको जानकारी दिए।

'ढल खन्दा र बिजुलीको तार ‘अन्डरग्राउन्ड’ गर्दा बाटो खनिएको हो, हामीले उक्त बाटोलाई पुरेर कालोपत्र गरेका छौँ', उनले भने।

पछिल्लो समय ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ठमेल पर्यटन विकास परिषद् लागिरहेको छ।

kumari

परिषद्ले विभिन्न निकायको सहकार्यमा ठमेलभित्र अव्यवस्थित रुपमा रहेका बिजुली तथा इन्टरनेटका तार हटाउने, ढललाई व्यवस्थित गर्ने, सिसी क्यामरा जडान गर्नेलगायतका काम गर्दै आएको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।

ठमेलभित्र हाल दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध रहेका छन्। रासस

प्रकाशित: Mar 13, 2024| 22:01 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्