बिहीबार, चैत २६, २०८२

मृतकको भत्ता आफैंले लिने वडाध्यक्षलाई भ्रष्टाचार मुद्दा

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो। शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६-७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारले बताएको छ। थापाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको पुष्टि भएको छ।

प्रकाशित: Mar 13, 2024| 16:49 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्