बिहीबार, चैत २६, २०८२

अमेरिका पठाइदिन्छु भनेर ६० लाख ठग्ने समातिए

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनेर ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

National life

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाखसम्म लाग्छ भनी दुई जनासँग ६० लाख लिएर फरार भएका थिए। राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए।
 

प्रकाशित: Mar 12, 2024| 20:50 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्