बिहीबार, चैत २६, २०८२

जैमिनीको कृषि सडक स्तरोन्नति

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

बागलुङ- जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ। कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो।

National life

राम्रो कृषि उत्पादन हुने भू-भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ। सो सडकखण्डले नगरपालिकाका छ वटा वडालाई समेटेको छ।

कुश्मिसेरा, सकुर्वा, बिनामारे, अर्जेव, जैदी र छिस्ती समेटिएको ४३ किमि सडकलाई पक्की बनाउन बजेट विनियोजनका लागि संघीय सरकारमार्फत दातृ निकायमा स्वीकृतिका लागि पठाइएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

सडक स्तरोन्नतिका लागि गतवर्ष घुम्ती सडक ढलान, नाली निर्माण, पहिरो व्यवस्थापन गरिएको थियो भने हाल सकुर्वाबाट अर्जेवातर्फ ३५ लाख रूपैयाँ विनियोजन भइ स्तरोन्नति भइरहेको छ। साथै छिस्तीतर्फबाट ५५ लाख रूपैयाँ बजेट विनियोजन भइ स्तरोन्नति भइरहेको छ। 

'स्थानीय पूर्वाधार विभागको बजेटबाट सकुर्वाबाट अर्जेवातर्फको सडक स्तरोन्नति भइरहेको छ, छिस्तीमा समेत सडक बोर्ड र जैमिनी नगरपालिकाको साझेदारीमा सडक मर्मत भइरहेको छ', उपप्रमुख शर्माले भने, 'हाम्रै कार्यकालयमा ३४ किमि समेटिएको जैमिनीको मेरुदण्डको रुपमा रहेको कृषि सडक कालोपत्र गछौँ, अहिले दातृनिकायको सहयोगमा उक्त सडक कालोपत्र गर्नका लागि स्वीकृतिको तयारीमा छ।' उनले सो सडक कालोपत्र गर्न ५० करोड रूपैयाँ बजेट आवश्यक भएको बताए।

kumari

कृषि सडकका कारण यहाँका किसान लाभान्वित भएको सर्कुवाका किसान बाबुराम पौडेल बताउँछन्। यहाँका कृषि उत्पादनलाई बजारसँग जोड्न कृषि सडकले महत्वपूर्ण योगदान गरेको भन्दै उक्त सडक पक्की भए झनै सहज हुने पौडेलले धारणा राखे। 'जैमिनी कृषिमा उर्भरभूमि हो, यहाँको सुन्तला, तरकारीलगायत अन्य कृषि उपजको बजारीकरणका लागि सडकले सहज बनाएको छ', उनले भने।

सकुर्वातर्फ श्रीमन इन्टरप्राइजेजले ठेक्का सम्झौता गरी एक महिनादेखि स्तरोन्नतिको काम गरिरहेको सो कम्पनीका प्रतिनिधि नीराजन खतिवडाले बताए। एक महिनादेखि कृषि सडकको स्तरोन्नति भइरहेको उनको भनाइ छ। रासस

प्रकाशित: Mar 12, 2024| 18:01 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्