बिहीबार, चैत २६, २०८२

सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

 |  बुधबार, फागुन ३०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३०, २०८०

गण्डकी- तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका-१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ।

National life

गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुईसय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुईसय ८५ मिटर बाटोका लागि १० लाख रूपैयाँ छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेका थिए।

सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।

दुलेगौडादेखि रामबाछासम्म कुल ७२ किलोमिटर दुरीको यस पदमार्गलाई पछिल्लो नक्सांकनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ। कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए। रासस

प्रकाशित: Mar 13, 2024| 10:01 बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्