बुधबार, असार १०, २०८३

बजेट अभावमा रोकियो राप्तीसोनारी रंगशाला निर्माण

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

राँझा- बाँकेको राप्तीसोनारी गाउँपालिकामा निर्माणाधीन रंगशाला बजेट अभावमा अलपत्र परेको छ।

National life

राप्तीसोनारी-५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रंगशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन्।

रंगशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए। उनले गाउँपालिका, प्रदेश र संघीय सरकारले रंगशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए।

राप्ती सोनारी-५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रंगशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए। व्यवस्थित रंगशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ।

राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रंगशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए। 'विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ', देवकोटाले भने, 'यो आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको छ, त्यसबाट मर्मतसम्भारको काम गर्ने तयारी गरेका छौँ।'

Shivam cement

यस वर्ष राप्ती सोनारी रंगशालामा आएको १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ। रंगशालाभित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रंगशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा संघीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए। 

बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रंगशालालाई पूर्णता दिँदै नरैनापुर रंगशाला र कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताए। रासस

प्रकाशित: Mar 12, 2024| 19:31 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्