बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुसमा फसेका नेपाली ल्याउन राजदूतमार्फत परराष्ट्रमन्त्रीको पहल

रुसमा फसेका नेपाली ल्याउन राजदूतमार्फत परराष्ट्रमन्त्रीको पहल

 |  मंगलबार, फागुन २९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

काठमाडौं- नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकोभले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेट मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो।

National life

‘दुई पक्षबीच रूसी सेनामा रहेका नेपाली नागरिकलगायत नेपाल र रूस सम्बन्धका विविध विषयमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ।

भेटमा रूसी सेनामा नेपालीको भर्ती रोक्ने, भर्ती भएकालाई फिर्ता पठाउने, युक्रेनसँगको युद्धमा मारिएका नेपालीको शव फिर्ता ल्याउने, मृतक र घाइतेलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने लगायतका विषयमा सकारात्मक कुराकानी भएको थियो।

यही फागुन २४ गते परराष्ट्रमन्त्री श्रेष्ठ र रूसका विदेशमन्त्री सर्गेई लाभरोभबीच टेलिफोनमा कुराकानी भएको थियो। टेलिफोन वार्तामा रूसी विदेशमन्त्रीले रूसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न सघाउने आश्वासन दिएका थिए।

प्रकाशित: Mar 12, 2024| 14:45 मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्