धादिङ, ज्वालामुखी गाउँपालिका-४ बडडाडा बस्ने ३० वर्षीय रामशरण भुजेल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थित कर्णाली नदीमा बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीय बिस्न धामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-३ बेलचोक डेरा गरी बस्ने नवलपरासी हुप्सेकोट गाउँपालिका-२ गुहेरी घर भएका २५ वर्षीय चुन बहादुर मस्र्याङ्गी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बिपुल स्कुल चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, साकेला गाउँपालिका-२ रतन्छा बस्ने २९ वर्षीय जामुन दर्जी सोही गाउँपालिका-४ स्थित मखुवा खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूकुम पश्चिम, त्रिबेणी गाउँपालिका-१० बरानेटी बस्ने ६२ वर्षीय तेज बहादुर पुन सोही ठाउँस्थित जङ्गलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।