बुधबार, चैत २०, २०८१

बागमती प्रदेशसभाको बैठक बस्दै

 |  मंगलबार, फागुन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २९, २०८०

vianetvianet
triton college

मकवानपुर- बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

यही फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको थियो।

एघार सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो। बैठकअघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: Mar 12, 2024| 11:17 मंगलबार, फागुन २९, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्