बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

 |  सोमबार, फागुन २८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २८, २०८०

काठमाडौं- कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ। 

National life

यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।  

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।’

बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्यु भएपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: Mar 11, 2024| 11:40 सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्