रिटर्नी सेन्टर नेपाल गण्डकि प्रदेशको सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज दिननाथ शर्माले परिस्थितिले विदेशिएका युवा आफ्नो मातृभूमि फर्केर आउनु सुखद् रहेको बताएका छन्।
उनले उत्पादन र श्रम मार्फत देशमा कायापलट पार्ने अभियान सहित सुरु भएको रिटर्नी सेन्टरले २०८० सालमा एउटा इतिहास रच्ने विश्वास व्यक्त गरेकाछन्। सम्मेलनमा शर्माले समाजवादी क्रान्ति सफल पार्न उत्पादन ब्रिगेड बनाएर देशको विकासमा लाग्ने अभियानमा पार्टीले सहयोग गर्ने बताए।
माओवादी केन्द्र गण्डकि प्रदेश अध्यक्ष गायित्री गुरुङले रिटर्नी सेन्टर नेपाल मार्फत विदेशबाट फर्किएका युवाले स्वदेशमै केहि गर्ने हुटहुटि देखाएर छोटो समयमै गण्डकि प्रदेश सम्मेलन गर्नु सुखद् रहेको बताउदै माओवादी पार्टीले पनि नयाँ ढंगले उत्पादन र रोजगारी सिर्जना गर्ने निति ल्याएको बताए।
रिटर्नी सेन्टर नेपालका केन्द्रीय संयोजक देवेन्द्र सम्वाहाम्फेले रिटर्नी सेन्टर विदेशबाट फर्केका,विदेश भएका युवाका परिवारलाई उत्पादन र रोजगारीमा जोड्ने, बन्द भएका कारखाना सञ्चालन गरि राष्ट्रिय पूँजी संकलन गर्ने उनको भनाइ थियो।
कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चुडामणिा अधिकारी,बेलुकाजी थापा,रिटर्नी सेन्टर नेपाल केन्द्रीय सह-संयोजक रामचन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सम्मेलनले इश्वरी प्रसाद ढकालको अध्यक्षतामा २५ सदस्यीय रिटर्नी सेन्टर नेपाल गण्डकि प्रदेशको नयाँ कमिटी चयन गरेएको छ। कमिटीको उपाध्यक्षमा भुवन गुरुङ, तुल्सी पराजुली,ऋषिराम भट्टराई, सचिवमा सज्जन कुमार सिंह, सहसचिवमा कमल जिसी, आशिष न्यौपाने, योगन्द्र गुरुङ, कोषाध्यक्षमा नमिता शेरचन रहेका छन्।
सदस्यहरुमा समराज गुरुङ, जिबि परियार, हिरा बहादुर रेग्मी, पूर्ण बहादुर पाईजा पुन, शुसिल खड्का, बाबुराम थापा, रेशम बहादुर केसी, प्रेमराज अधिकारी,उमेश आले, हिमलाल गौतम, राम बहादुर बिक, प्रज्वल अधिकारी, बुद्द गहतराज,राजु न्यौपाने र हरि बहादुर परियार रहेका छन्।
नवनिर्वाचित अध्यक्ष ईश्वरी प्रसाद ढकालले रिटर्नी सेन्टरमा आवद्ध साथीहरुले बढि काम र कम भाषणा गर्ने गरि अघि बढ्ने र उत्पादनमा जोडिएर नयाँ रौनक सिर्जना गर्ने बताए। उद्घाटन सत्रमा भुवनसिंह गुरुङले गण्डकी प्रदेशले गरेका कामको बारेमा जानकारी गराएका थिए।