बिहीबार, चैत २६, २०८२

दश पटक स्वतन्त्र वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार रहेनन्

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो।

National life

व्यञ्जनकारलाई नियमित चेकअपका लागि आजै अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।

व्यञ्जनकार लगातार १० पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा १० का वडाध्यक्षमा निर्वाचित भएका थिए। 

२०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए। गएको स्थानीय चुनावमा भने नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए।

प्रकाशित: Mar 10, 2024| 20:17 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्