बिहीबार, चैत २६, २०८२

कारको सिटमुनि ११ लाख भेटिएपछि...

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

मकवानपुर प्रहरीले लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजार रूपैयाँसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

National life

पूर्व-पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बीआर ०१ एआर २९९१ नम्बरको इन्डियन कारलाई शंका लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाइछिपाइ ल्याएको अवैध रकमसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट अन्दाजी पाँच लाख २१ हजार, दुई सयका ९३ थान, १८ हजार ६ सय, एक सयका ९३ थान, नौ हजार ३००, ५० को नोट चार थान गरी जम्मा भारतीय पाँच लाख ४९ हजार १०० र नेपाली रुपैयाँ हजारको नोट १५० थान, ५०० को दुईसय थान गरी नेपाली दुई लाख ५० हजार फेला परेको हो।

रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका-४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन्।    -रासस

प्रकाशित: Mar 10, 2024| 18:01 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्