बिहीबार, चैत २६, २०८२

हेटौंडा दुग्ध वितरण आयोजना

जहाँ पाँच जिल्लाबाट दैनिक २० हजार लिटर दूध ल्याइन्छ

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

मकवानपुर- हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध संकलन गर्ने गरेको छ। संकलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कुल १६ हजार लिटर दूध पठाउने गरेको सो आयोजनाले जनाएको छ। 

National life

आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर, नारायणगढ र मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ। सो आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई वटा दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको उक्त आयोजनाले जनाएको छ। 

हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको दूधमा माग वृद्धि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले खरिद गर्न चुनौती थपिएको बताए।

उनका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र स्थानीय उपभोक्ताबीच सहकार्य र प्राविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाइने भएको पनि जानकारी दिए।

यसैगरी सो आयोजनाले मधेसको चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब २८ हजार चार सय किसानलाई आयोजनाले उक्त दूध खरिद गरेबापत मासिक तीन करोड १० लाख रकम भुक्तानी गर्ने गरेको आयोजनाका प्रमुख खनालले बताए।

kumari

यसैगरी सो आयोजनाले अहिले दैनिक दही सातसय लिटर, घ्यू नौसय  केजी, पनिर चारसय केजी र मखन पाँचसय केजी उत्पादन गर्दै आएको छ। त्यस्तैगरी उक्त आयोजनाले मिठाइतर्फ पेडा र लालमोहन दैनिक एक हजार दुईसय कार्टुन उत्पादन गर्दै आएको छ। काठमाडौंको उपभोक्ताको माग बमोजिम मिठाइ, पेडा र लालमोहन दैनिक आठसय कार्टुन काठमाडौंमा पठाउँदै आएको सो आयोजनाले जनाएको छ।

यसैगरी उक्त आयोजनाले गत साउन र भदौ महिनाको तुलनामा स्थानीय बजारमा दूधको माग खपतमा कम हुँदा अहिले उक्त आयोजनाले दैनिक दुई हजार लिटर दूध खरिद गर्ने क्रममा कटौती गरिएको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुरहरु गरी एकसय ५० जनाले स्थायी रोजगारी प्राप्त गरिरहेका छन्। रासस

प्रकाशित: Mar 10, 2024| 21:01 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्